Techie IT
बिहीबार, वैशाख १७,२०८३

संखुवासभा उद्योग वाणिज्य संघको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता


संखुवासभा । संखुवासभा उद्योग वाणिज्य संघको १८औँ साधारणसभाको अवसर पारेर शनिबारदेखि ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । व्यवसायीबीच आपसी सद्भाव, खेल भावना र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

वाणिज्य संघमा आवद्ध १२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत ४५ वर्षमाथिको भेट्रान्सतर्फ ६ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन् । खेलप्रति व्यवसायीहरूको उत्साह उल्लेखनीय देखिएको छ ।

आयोजक संघका अनुसार भेट्रान्सतर्फ प्रथम हुने टिमलाई नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै, व्यापारिक टिमतर्फ प्रथम हुने टिमलाई पनि २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । दुवै विधातर्फ दोस्रो हुने टिमले १० हजार रुपैयाँ र तेस्रो हुने टिमले जनही ५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

संघका उपाध्यक्ष जनक पौडेलीका अनुसार प्रतियोगिताको फाइनल खेल मंगलबार खाँदबारी स्थित सोमनाथ घिमिरे स्मृति कवर्ड हलमा सम्पन्न हुनेछ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #ब्याडमिन्टन प्रतियोगिता, #संखुवासभा, #संखुवासभा उद्योग वाणिज्य संघ, #साधारण सभा


तपाईको कमेन्ट लेख्नुहोस्