किर्ते पत्र र चलानी दुरुपयोग गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको प्रयास, यमुनामाई गाउँपालिकामा ठूलो प्रशासनिक विवाद
प्रेमचन्द्र झा
रौतहट । यमुनामाई गाउँपालिकाका अध्यक्ष महमद सउदले राम श्रेष्ठ राय यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन कुनै पनि हद पार गर्न सक्ने देखिएको छ। केही दिनअघि मात्र २–३ हप्ताभित्रै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलाउने उद्देश्यले स्वास्थ्यतर्फका दुई फरक–फरक जुनियर कर्मचारीलाई सरुवा सहमति दिएको भन्दै तयार गरिएका पत्रहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए। ती पत्रहरू किर्ते र नक्कली भएको आशंका सार्वजनिक भएसँगै मिलेमतोमा संलग्न कबिराज राम श्रेष्ठ राय यादव र गाउँपालिका अध्यक्ष सउद हच्किएका छन्।
ती सरुवा सहमति पत्रबारे प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालसँग बुझ्दा उनले ती पत्रहरू पूर्ण रूपमा किर्ते र नक्कली रहेको खुलासा गरेका छन्। पालका अनुसार ती पत्रहरूमा प्रयोग गरिएका चलानी नम्बरहरू दोहोरिएको पाइएको छ र सो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको छ।
प्रमुख प्रशासकीय अधिकृत पालका अनुसार अध्यक्ष सउदले वडा नम्बर १ का वडाध्यक्ष नन्दलाल राय यादव र राम श्रेष्ठ राय यादवसँग मिलेमतो गरी गाउँपालिकाको लेटरप्याड दुरुपयोग गर्दै अघि नै प्रयोग भइसकेका चलानी नम्बर राखी विभिन्न किर्ते पत्रहरू तयार गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंमा पत्राचार गरेका छन्। गाउँपालिकाको चलानी नम्बर ४२० मिति २०८२र०८र१६ मा राय प्रतिक्रिया सहितका कागजात तुरुन्त पठाउने विषयमा चलानी रजिष्टरमा अभिलेख देखिए पनि सोही चलानी नम्बर र मिति २०८२र०८र१९ राखी फरक आशयको अर्को पत्र मन्त्रालयमा पठाइएको कुरा सामाजिक सञ्जालमा भाइरल भएको पालले बताएका छन्।
त्यसैगरी अध्यक्ष सउदले मिति २०८२र०९र०५ मा कार्यालय बाहिर बोलाइएको भनिएको कार्यपालिका बैठकबारे आफूलाई कुनै जानकारी नरहेको कुरा पनि प्रमुख प्रशासकीय अधिकृत पालले बताएका छन्। यसअघि पनि पटक–पटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका वरिष्ट कविराज निरीक्षक अधिकृत राम श्रेष्ठ राय यादवलाई पुनः निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन अनुरोध गरिएको निर्णय देखाइएको छ।
सो निर्णयका आधारमा प।सं। ०८२र०८३ च।नं। ४५९ मिति २०८२र०९र०९ मा आर्थिक प्रशासन शाखाका लागि श्रेस्ता उपलब्ध गराउने विषयमा अघि नै चलानी भइसकेको चलानी किताबमा देखिन्छ। तर उही मिति र उही चलानी नम्बर प्रयोग गरी अध्यक्ष सउदले राम श्रेष्ठ राय यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन अनुरोध गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अर्को किर्ते पत्र तयार गरी पत्राचार गरिएको देखिएको छ।
प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालका अनुसार गाउँपालिका अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित जनप्रतिनिधिबाट यस प्रकारका गतिविधि हुनु अत्यन्तै दुःखद र आपत्तिजनक विषय हो, जसले स्थानीय सरकारप्रति आमनागरिकको विश्वास डगमगाएको छ। यस गम्भीर प्रकरणमा हालसम्म सम्बन्धित निकायबाट औपचारिक अनुसन्धान प्रक्रिया अघि बढ्न बाँकी रहेको बताइएको छ।
यश सम्बन्धमा गाउँ पालिका अध्यक्ष सउदसंग किर्ते सिफारिस र बैठक बारे कुरा गर्दा कुनै सत्यता नरहेको बताए । साथै प्रमुख प्रशासकिय अधिकृत पाललाई सामुनेमा आएर कुरा गर्न चुनौती दिएका छन ।

क्याटेगोरी : समाचार
ट्याग : #रौतहट । यमुनामाई गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्