Techie IT
शुक्रबार, वैशाख ४,२०८३

चिरञ्जीवी ढकालले छाडे विप्लवको साथ, रोजे प्रचण्ड


काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीका नेता तथा विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालले सो पार्टी परित्याग गरी प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

ढकालसँगै विप्लव माओवादीको विद्यार्थी संगठन अखिल समाजवादीका महासचिव प्रकाश झप्रेल पनि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्। उनीहरूलाई पार्टीका संयोजक प्रचण्डले आज पार्टी कार्यालय पेरिसडाँडामा औपचारिक रूपमा स्वागत गर्ने कार्यक्रम रहेको छ।

स्रोतका अनुसार ढकालसँगै विप्लव नेतृत्वको नेकपा माओवादीका आठ जना केन्द्रीय सदस्यहरू पनि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका ढकाल काठमाडौं निवासी हुन्। पार्टीभित्र उनी विप्लव र प्रकाण्ड दुवैका निकट मानिन्थे। दाङमा सम्पन्न तत्कालीन अखिल क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनबाट उनी सर्वसम्मत रूपमा केन्द्रीय अध्यक्ष चयन भएका थिए।

एमसीसीविरुद्धका आन्दोलनलगायत विभिन्न राजनीतिक गतिविधिका क्रममा उनी पटक–पटक पक्राउ परेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #चिरञ्जीवी ढकाल


तपाईको कमेन्ट लेख्नुहोस्