बचतकर्ता केन्द्रित सहकारी बनाउने प्रतिबद्धतासहित समृद्धको साधारण सभा सम्पन्न
बिजय कालधनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
खाँदबारी । संखुवासभामा सहकारी अभियानलाई बल पुग्ने गरी समृद्ध बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। खाँदबारीमा आयोजित सभाले बिजय कालधनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै बचतकर्ता र उद्यमीको हितलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
संस्थाका अध्यक्ष बिजय कालधनको अध्यक्षता तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, खाँदबारी नगरपालिकाकी इन्द्रमाया बराइली तथा अडिटर राजीव श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
साधारण सभाको बन्दसत्रले अध्यक्ष बिजय कालधनको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा कमल तामाङ, सचिवमा मनिश श्रेष्ठ, कोषाध्यक्षमा लोकमान तामाङ चयन हुनुभएको छ। सदस्यहरूमा गुणराज श्रेष्ठ, भूमिका राई, मुना बस्नेत, मनिश श्रेष्ठ र बिजया बस्नेत रहनुभएको छ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले निजी क्षेत्रको पूँजीलाई परिचालन गर्दै उद्यमी तथा व्यवसायीहरूको भरपर्दो साझेदारका रूपमा सहकारी संस्थाहरूले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो।
त्यसैगरी नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले दीर्घकालीन योजना बिना सञ्चालन भएका सहकारीहरू जोखिममा पर्ने अवस्था देखिएको उल्लेख गर्दै, सम्बृद्ध बहुउद्देश्यीय सहकारीले नाफामूलक मात्र नभई सेवामूलक सहकारीको रूपमा पनि उदाहरणीय भूमिका निर्वाह गरिरहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले नगरको प्रतिष्ठित सहकारी संस्थाका रूपमा समृद्ध सहकारीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै, खाँदबारी नगरपालिका सदैव सहकार्य र सहयोगका लागि तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहकारीका अध्यक्ष बिजय कालधनले बचतकर्ताको हितलाई केन्द्रमा राख्दै सहकारीले थप नयाँ कार्यक्रमहरू अघि बढाउने तयारी गरिरहेको जानकारी गराउँदै, स्थानीय उद्यमी, व्यवसायी तथा बचतकर्ताहरूको आर्थिक सशक्तीकरणका लागि सहकारीले थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।
साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #खादबारी, #संखुवासभा, #सम्बृद्ध बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्