आशिका तामाङ बनिन् धादिङ-१ बाट रास्वपा उम्मेदवार
काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी निर्वाचनमा उम्मेदवार बन्ने भएकी छन्। रास्वपाले उनलाई धादिङ–१ बाट टिकट दिएको छ।
यसअघि तामाङले काठमाडौं–२ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। तर उक्त घोषणाबाट पछि हट्दै उनी आफ्नो जन्मथलो धादिङ–१ बाट रास्वपाको उम्मेदवार बनेकी हुन्।
रास्वपामा आवद्ध हुनुअघि तामाङले ‘जेनजी घाइते’हरूको एजेन्डा अघि सारेकी थिइन्। सो प्रस्तावअनुसार तीन जना जेनजी घाइतेलाई रास्वपाको बन्दसूचीमा समेट्ने तथा पार्टीको केन्द्रीय समितिमा समेत समावेश गर्ने सहमति भएको जनाइएको छ।
तामाङ सरसफाइलगायत विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएकी छन्। उनी जर्मनीको बसाइ त्यागेर निर्वाचन लड्ने उद्देश्यसहित नेपाल फर्किएकी हुन्। धादिङमा उनले यसअघि पनि थुप्रै सामाजिक कार्यहरू गर्दै आएकी छन्।
क्याटेगोरी : समाचार
ट्याग : #आशिका तामाङ बनिन् धादिङ-१ बाट रास्वपा उम्मेदवार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्