रास्वपा नेता प्रकाशचन्द्र परियारको गाडी तोडफोड
काठमाडौँ । पार्टीको कार्यक्रमका लागि गोरखा पुगेका रास्वपा नेता प्रकाशचन्द्र परियारको गाडी तोडफोड गरिएको छ। गोरखाको भिमसेनथापा गाउँपालिका ३ मा उनको गाडीमाथि तोडफोड गरिएको हो ।
पार्किङ गरेर राखेरको गाडीमा अज्ञात समूहबाट मध्यरात आक्रमण भएको रास्वपा नेता प्रकाश लामिछानेले बताए । आजको भेला लागि आफूहरू जुटेको बेला कारमाथि आक्रमण भएको खबर पाएको उनले बताए ।
लामिछानेकाअनुसार कार राति ९ बजे आसपास फोडिएको हुन सक्ने स्थानीयताले बताएका छन् । अहिले प्रहरीले घटनाको मुचुल्का गरिरहेको पनि लामिछानेले जानकारी दिए ।
आज बिहान ९ बजेतिर आक्रमणबारे जानकारी पाएको र वडा भेला प्रभावित भएको रास्वपा केन्द्रिय सदस्य एवम् समानुपातिक उम्मेदवार प्रकाशचन्द्र परियारले बताए ।
‘वडा भेलाको तयारी चल्दै थियो हामी काठमाडौँबाट चढेर आएको कारमाथि आक्रमण गरिएको थाहा पायौँ,’ नेता परियारले सिधाकुरासँग भने । घटनाको अनुसन्धान गर्न प्रहरीले थालेकाले अबको केही बेरमा वडा भेला सुरु हुने पनि रास्वपा गोरखाका नेताहरूले बताएका ।
क्याटेगोरी : समाचार
ट्याग : #रास्वपा नेता प्रकाशचन्द्र परियारको गाडी तोडफोड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्