कारबाहीपछि विश्वप्रकाश शर्मा बोले– ‘कांग्रेस र देश बदल्न गगन थापा र म दृढ छौँ’
नेपाली कांग्रेसबाट कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र आफू दृढ रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको उल्लेख गरेका छन्। उनले सहमतिका लागि प्रस्तावित आठ बुँदा सार्वजनिक गर्दै तीमध्ये कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ भनेर प्रश्न गरेका छन्।
शर्माले सार्वजनिक गरेका आठ बुँदामा विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने, परिमार्जनसहित पारित प्रस्ताव कार्यान्वयन गर्ने, उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन गर्ने, आगामी निर्वाचनमा एकढिक्का भएर प्रतिस्पर्धा गर्ने, कुनै दलसँग गठबन्धन नगरी कांग्रेस एक्लै चुनाव लड्ने तथा प्रधानमन्त्रीको उम्मेदवार अघि नै घोषणा गर्ने प्रस्ताव समावेश छन्।
उनले ती बुँदाहरू पुनः पढ्दा पनि आफूलाई कुनै अहित देखिन नआएको उल्लेख गर्दै कांग्रेस र देशलाई सही नेतृत्व दिन विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्