Techie IT
बुधबार, साउन १३,२०८३

गगन थापालगायतलाई कारबाही गर्ने संस्थापनको तयारी


काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशन पक्षधर नेताहरूमाथि कारबाहीको तयारी गरेको छ। संस्थापन समूहका एक नेताका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने निर्णयतर्फ समूह अघि बढेको हो।

विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन प्रक्रिया अगाडि बढाउँदै मनोनयनको अन्तिम सूची सार्वजनिक गर्न लागेपछि कारबाहीबाहेक अन्य विकल्प नरहेको निष्कर्ष संस्थापन पक्षले निकालेको ती नेताले बताए।

गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्। निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेलगत्तै सम्बन्धित नेताहरूलाई कारबाहीको पत्र पठाइने तयारी रहेको संस्थापन समूहको भनाइ छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गगन थापालगायतलाई कारबाही गर्ने संस्थापनको तयारी


तपाईको कमेन्ट लेख्नुहोस्