कांग्रेस महामन्त्रीद्वय देउवा निवासमा ,देउवासँग वान-टु-वान वार्ता
काठमाडौं : नेपाली कांग्रेसको विभाजन रोक्नका लागि सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु भएको छ। विशेष महाधिवेशन र संस्थापन पक्षबीच विभिन्न चरणमा वार्ता भएपनि कुनै निष्कर्षमा नपुगेपछि देउवा र महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा छलफलमा जुटेका हुन्।
देउवासँग वान-टु-वान वार्ता गर्न महामन्त्रीद्वय पुगेपनि देउवा निवासमा संस्थापन र शेखर कोइराला पक्षका कार्यबाहक सभापति पूर्णबहादुर खड्का, बालकृष्ण खाण, दीपक खड्का, रमेश लेखक, प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल पनि पुगेका छन्।
सहमतिको अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने भएको छ।
संस्थापन पक्षले पनि विशेष महाधिवेशन पक्षधरसँग महाधिवेशन प्रतिनिधिको बहुमत नरहेको दाबी गर्दै सबै माग पूरा गर्न आवश्यक नभएको बताउँदै आएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान पनि केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर बोलाइएको छ। मंगलबार बसेको बैठकमा महामन्त्रीद्वय लगायत विशेष महाधिवेशन पक्षधरका केन्द्रिय सदस्य उपस्थित भएका थिएनन्।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस महामन्त्रीद्वय देउवा निवासमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्