कांग्रेस महामन्त्रीद्वय देउवा निवासमा ,देउवासँग वान-टु-वान वार्ता
काठमाडौं : नेपाली कांग्रेसको विभाजन रोक्नका लागि सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु भएको छ। विशेष महाधिवेशन र संस्थापन पक्षबीच विभिन्न चरणमा वार्ता भएपनि कुनै निष्कर्षमा नपुगेपछि देउवा र महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा छलफलमा जुटेका हुन्।
देउवासँग वान-टु-वान वार्ता गर्न महामन्त्रीद्वय पुगेपनि देउवा निवासमा संस्थापन र शेखर कोइराला पक्षका कार्यबाहक सभापति पूर्णबहादुर खड्का, बालकृष्ण खाण, दीपक खड्का, रमेश लेखक, प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल पनि पुगेका छन्।
सहमतिको अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने भएको छ।
संस्थापन पक्षले पनि विशेष महाधिवेशन पक्षधरसँग महाधिवेशन प्रतिनिधिको बहुमत नरहेको दाबी गर्दै सबै माग पूरा गर्न आवश्यक नभएको बताउँदै आएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान पनि केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर बोलाइएको छ। मंगलबार बसेको बैठकमा महामन्त्रीद्वय लगायत विशेष महाधिवेशन पक्षधरका केन्द्रिय सदस्य उपस्थित भएका थिएनन्।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस महामन्त्रीद्वय देउवा निवासमा
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्