तारकेश्वर नगरपालिकाको कोट गाउँमा सार्वजनिक सुनुवाइ : तीनपिप्ले ओखरपौवा खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
पुस, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा–तीनपिप्ले खण्डमा २२० केभी क्षमताको उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । यसका लागि प्राधिकरणले प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनको तयारी गरेको छ ।
प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री बी हब–मातातीर्थ प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७ बाट ट्यापिङ गरी नयाँ प्रसारण लाइन निर्माण गरिनेछ । उक्त प्रसारण लाइन काठमाडौँको तारकेश्वर नगरपालिका अन्तर्गत पर्ने तीनपिप्लेमा जोडिनेछ, जहाँ प्राधिकरणले सबस्टेशन निर्माण गरिरहेको छ ।
प्रसारण लाइन धादिङको धुनीबेँसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका हुँदै काठमाडौँको तारकेश्वरस्थित तीनपिप्लेसम्म निर्माण हुने जनाइएको छ ।
आयोजना कार्यान्वयनका क्रममा प्रभावित क्षेत्रको भौतिक तथा रासायनिक वातावरण, सामाजिक–आर्थिक अवस्था तथा सांस्कृतिक पक्षमा पर्ने सम्भावित प्रभावबारे अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ । प्रारम्भिक अध्ययनपछि तयार गरिएको वातावरणीय परीक्षण प्रतिवेदनको मस्यौदालाई सरोकारवालाको सुझावका आधारमा थप परिमार्जन गरिनेछ ।
यस क्रममा आज धुनीबेँसी नगरपालिका–१ स्थित सिम्खडा गाउँमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ । यसअघि सोमबार तारकेश्वर नगरपालिकाको कोट गाउँमा सार्वजनिक सुनुवाइ सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।
सार्वजनिक सुनुवाइका क्रममा उठाइएका सुझाव तथा विषयवस्तुलाई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा समावेश गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्