सचिवालय बैठक चल्दाचल्दै किन वाहिरिए ओली
काठमाडौँ, २४ बैशाख । नेकपा सचिवालय बैठक चल्दाचल्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली एक्कासी बाहिरिएका छन्।
बैठकमा एक व्यक्ति एक पदका विषयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको बताइएको छ।
बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालयको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसेको हो।
‘सचिवालय बैठक चलिरहेकै समयमा प्रधानमन्त्री बीचमै उठेर हिड्नुभएको छ, उहाँ उठेर हिँडे पनि बैठक भने जारी छ, अन्य नेताहरु भित्रै हुनुहुन्छ’ सचिवालय स्रोतले भन्यो।
गत शनिबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि एक व्यक्ति एक जिम्मेवारीमा सहमति गरेको थियो।
उक्त बैठकमा एक व्यक्ति एक मुख्य जिम्मेवारीमा सहमत भई कमजोरीप्रति आत्मालोचनासमेत गरेका प्रधानमन्त्री ओलीले त्यसपछि भने सो सहमतिको विपक्षमा देखिँदै आएका थिए।
भोलि स्थायी कमिटी बैठक वोलाइएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #सचिवालय बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्