माघेसंक्रान्तिको अवसरमा तीनपोखरी कप फुटबल प्रतियोगिता आयोजना हुने
खाँदबारी । माघेसंक्रान्तिको अवसर पारेर संखुवासभाको सदरमुकाम खाँदबारीमा तेस्रो संस्करणको तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता पुस २६ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुनेछ ।
तीनपोखरी समाज विकास क्लब खाँदबारी–७ को आयोजनामा हुने प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधि बढाउने मात्र नभई पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । आयोजकका अनुसार प्रतियोगिताको अवधिमा धार्मिक तथा पर्यटकीय गन्तव्य शिवधारा र सभापोखरीसम्म हेलिकप्टरमार्फत दर्शनको सुविधा उपलब्ध गराइनेछ ।
खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा क्लबले प्रतियोगिताबारे जानकारी दिँदै नवप्रवेशी खेलाडीलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने, युवालाई खेलमार्फत रोजगारीतर्फ उन्मुख गराउने र स्थानीय पहिचान जोगाउने प्रतियोगिताको उद्देश्य रहेको जनाएको छ ।
क्लबका अध्यक्ष मिनेश चापागाईंका अनुसार प्रतियोगितामा कोशी प्रदेशका ८ वटा प्रतिस्पर्धी क्लब सहभागी हुनेछन् । सहभागी टिममा सशस्त्र प्रहरी बल कोशी प्रदेश पकली, बेलका युथ क्लब उदयपुर, चुलाचुली स्पोर्टिङ क्लब दमकलगायत टोली रहेका छन् ।
खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको ४० हजार रुपैयाँ बराबरको बीमा गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेताले २ लाख ५१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेतालाई १ लाख २१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा समेत सम्मान गरिनेछ ।
आयोजकका अनुसार प्रतियोगिता सफल बनाउन २० लाख रुपैयाँभन्दा बढी बजेट खर्च हुने अनुमान गरिएको छ ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #hot, #खादबारी, #खेलकुद, #तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता, #तेस्रो संस्करण, #माघेसंक्रान्ति, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ४एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ५पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ६तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ७काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ८एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?






तपाईको कमेन्ट लेख्नुहोस्