Techie IT
आईतबार, जेठ ३,२०८३

एमालेले तोक्यो प्रदेश तथा निर्वाचन संयोजक , वाग्मती संयोजकमा महेश बस्नेत ,राजधानीमा राजन भट्टराई


काठमाडौं, पुस २२ । नेकपा एमालेले प्रदेश तथा निर्वाचन संयोजक तोकेको छ।आज सम्पन्न सचिवालय बैठकले प्रदेश र निर्वाचन कार्यको समन्वय गर्ने गरी विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।

बैठकले गरेको जिम्मेवारी बाँडफाँडअनुसार कोशी प्रदेशको संयोजकमा शेरधन राई, मधेश प्रदेशको संयोजकमा लीलानाथ श्रेष्ठ तथा वाग्मती प्रदेशको संयोजकमा महेश बस्नेत तोकिनु भएको छ।

राजधानी क्षेत्रको जिम्मेवारी डा. राजन भट्टराईलाई दिइएको छ। यसैगरी लुम्बिनी प्रदेश इञ्चार्जमा पद्मा अर्याल, गण्डकी प्रदेशको संयोजकमा खगराज अधिकारी, कर्णाली प्रदेशको संयोजकमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशको संयोजकमा गणेश ठगुन्ना तोकिनु भएको छ।

संगठन विभागको संयोजकको जिम्मेवारी भने भानुभक्त ढकाललाई दिइएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेले तोक्यो प्रदेश तथा निर्वाचन संयोजक


तपाईको कमेन्ट लेख्नुहोस्