एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
काठमाडौं । नेकपा एमालेले राजधानी प्रदेश कमिटीको अध्यक्षमा नारायण सिलवाललाई जिम्मेवारी दिएको छ। आज बसेको पार्टी सचिवालय बैठकले संशोधित विधानअनुसार रिक्त रहेका विभिन्न पदमा नेतृत्व चयन गरेको हो।
बैठकले बागमती प्रदेश, राजधानी प्रदेश तथा सम्पर्क विशेष संगठन कमिटीमा जिम्मेवारी बाँडफाँड गरेको छ। यसअघि रहेको विशेष प्रदेश कमिटीलाई पुनर्संरचना गरी राजधानी प्रदेश कमिटी बनाइएको हो। राजधानी प्रदेश अन्तर्गत तीन भौगोलिक जिल्ला तथा युवा ९विद्यार्थी, उद्योग, मजदुर र पेशागत० विशेष जिल्ला कमिटी रहने व्यवस्था गरिएको छ।
बागमती प्रदेश कमिटीको सचिवमा बालकृष्ण देउजा र उपसचिवमा रमेश आचार्यलाई नियुक्त गरिएको छ। त्यसैगरी राजधानी प्रदेश कमिटीको उपाध्यक्षमा प्रेमबहादुर महर्जन, सचिवमा मिलन धरेल तथा उपसचिवमा शशिन्जङ थापा र बेलीमाया घले चयन भएका छन्।
त्यसैगरी सम्पर्क विशेष संगठन कमिटीको अध्यक्षमा अशोक ठकुरी र सचिवमा कपिल ओलीलाई जिम्मेवारी दिइएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #नारायण सिलवाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्