राष्ट्रियसभा सदस्यका उम्मेदवारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।
आयोगले मतदाता नामावली खरिदका लागि एक हजार रुपैयाँ, सवारी साधनमा ७० हजार रुपैयाँ, सवारी इन्धन १० हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० रुपैयाँ खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ ।
यसैगरी, ढुवानी १० हजार रुपैयाँ, गोष्ठी अन्तरक्रियाका लागि एक लाख रुपैयाँ, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यममा खर्च १४ हजार ५०० रुपैयाँ खर्च गर्न पाइनेछ ।
त्यस्तै, कार्यालय सञ्चालन ७० हजार रुपैयाँ, प्रतिनिधि परिचालन ३० हजार रुपैयाँ र विविध शीर्षकमा ३० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।
उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी गर्नुपर्ने आयोगले जनाएको छ ।
निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार, आयोगमा पेस गर्नुपर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रियसभा सदस्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्