रवि, बालेन र कुलमानबीच आजै सहमतिमा हस्ताक्षर हुँदै, भोलि एकता घोषणा
काठमाडौं । अन्ततः रवि लामिछाने, बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ एउटै पार्टी बनाउने निष्कर्षमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने धरौटीमा जमानीमा थुनाबाट मुक्त भएपछि भएका निरन्तरका भेट र छलफलपछि उनीहरू एउटै पार्टी बनाउन तयार भएका हुन् ।
लामिछाने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति छन् । उनको पार्टी २०७९ को चुनावमा २१ सिटका साथ चौथो ठूलो पार्टी बनेको थियो । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेको बेला लोडसेडिङ अन्त्य गरेएपछि चर्चामा आएका कुलमान अहिले अन्तरिम सरकारमा ऊर्जामन्त्री छन् । उनले पर्दा पछाडि रहेर उज्यालो नेपाल पार्टी स्थापना गरेका छन् ।
यस्तै २०७९ को स्थानीय तहको चुनावमा काठमाडौंको मेयरमा स्वतन्त्र निर्वाचित भएका बालेन पुराना दलहरूका लागि चेतावनीका रूपमा उदायका थिए । बालेनले काठमाडौंमा जितेपछि नै नयाँ दल खोल्ने होडवाजी चलेको हो । अब यी तीनै जना एक ठाउँ हुँदा बलियो नयाँ पार्टी बन्ने देखिएको छ ।
बिहीबार दिनभर बालेनका सल्लाहाकार कुमार बेनको ललितपुरस्थित घरमा लामो राजनीतिक भेटघाट भएको थियो । जसमा बालेनसँग लामिछानेदेखि कांग्रेसका नेताहरूले समेत भेट गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेन र कुलमान, #रवि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्