के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा वार्तामा ?
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच सोमबार मध्यरातमा भएको भेटवार्ता सकारात्मक रहेको सहभागी नेताहरूले बताएका छन्।
काठमाडौँस्थित असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा भएको उक्त भेटपछि रवि र बालेन एउटै गाडीमा सँगै बाहिरिएका थिए। भेटमा सहभागी असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
भेटवार्तामा उठेका ठोस विषयहरू सार्वजनिक नगरिए पनि मिलेर अघि बढ्ने आवश्यकता र राजनीतिक सहकार्यका सम्भावनाबारे सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ। पछिल्लो समय देखिएको राजनीतिक दूरी कम गर्ने प्रयासका रूपमा पनि यस भेटलाई हेरिएको छ।
भेटको समन्वय गरेका रास्वपा नेता असिम साहले फेसबुकमा लेखेका छन्, “अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।”
क्याटेगोरी : समाचार
ट्याग : #hot, #वि लामिछाने र बालेन साह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्