अध्यक्षपछिको पदाधिकारीहरूको क्रम अनुसार एमाले बैठकमा सीट व्यवस्था तय
नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले वरिष्ठताको आधारमा पदाधिकारीहरूको सीट प्लान तय गरेको छ।
अध्यक्षपछिको दोस्रो वरीयतामा उपाध्यक्ष रामबहादुर थापा बादल रहेका छन्। त्यसपछि क्रमशः विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त को वरीयता कायम छ।
महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा क्रमशः लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई को आसन तोकिएको छ। सचिवहरूको क्रममा छबिलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी लगायतको नाम उल्लेख गरिएको छ।
सचिवहरुपछि लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र अनुशासन आयोगका अध्यक्ष भरत पहारी को आसन तय गरिएको छ।
एक नेताले बताए अनुसार, यो सीट प्लान नेताहरूको बसाइअनुसार भए पनि वरिष्ठता अनुसारको वरीयता कायम गरिएको हो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्