अमेरिकामा गोलीकाण्डपछि ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम स्थगित
अमेरिकाले विविधता लटरी आप्रवासी भिसा (DV) कार्यक्रम, अर्थात् ‘ग्रीन कार्ड लटरी’, अस्थायी रूपमा स्थगित गरेको छ। ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्णय लिएका हुन्।
घटनाका मुख्य संदिग्ध, ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए। उनी सन् २०१७ मा DV लटरी मार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए।
होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा उक्त भिसा योजना रोकिएको जानकारी दिँदै भनेकी छिन् कि ‘अब कुनै पनि अमेरिकीलाई हानि नहोस् भन्ने सुनिश्चित गर्न यस्तो कदम चालिएको हो।’
अमेरिकी अधिकारीहरूको जानकारी अनुसार नेभेस भालेन्तेले यसै हप्ता म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) का प्राध्यापक नुनो लुरेइरोको हत्या गरेको विश्वास गरिएको छ।
DV लटरी कार्यक्रम अन्तर्गत अमेरिका, आप्रवासन दर कम भएका देशका आवेदकहरू मध्येबाट चिठ्ठा प्रणाली मार्फत प्रत्येक वर्ष अधिकतम ५०,००० भिसा उपलब्ध गराउँछ। यस कार्यक्रममा नेपालीहरू पनि आवेदन गरी ग्रीन कार्ड पाउने गरेका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्