चुनाव हुन दिन्नँ भन्ने छुट जेन–जीलाई छैन : चिरिबाबु महर्जन
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चुनाव हुन दिन्नँ भन्ने छुट जेनजीलाई नभएको बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो बताएका हुन् ।
उनले घोषित निर्वाचनलाई सफल गराउन जेनजी लगायत सबैले सहयोग गर्नुपर्ने बताए । अहिले आएर जेनजीहरुकाे स्वर परिवर्तन भएकाेमा चिन्ता व्यक्त गर्दै मेयर महर्जनले जेनजीहरु सानै भएकाले बुद्धि पलाइनसकेकाे उल्लेख गरे ।
उनले भने,‘ सम्माननीय प्रधानमन्त्रीज्यूको सरकार छ त्यसको खास काम भनेको फागुन २१ गते चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तारण गर्नु हो । तर मलाई चाहिँ अलिकति चिसो यसअर्थमा परिरहेको छ जेनजीले प्रधानमन्त्रीज्यूलाई आमा भन्नुहुन्छ, भनिरहेको छ । तर पछिल्लो कालखण्डमा जेनजीले स्वर परिर्वतन गरेर चुनाव हुन दिन्न भनिरहेको छ । त्यो भन्न पाइदैन चुनाव गर्नेपर्छ । जेनजीले पछिल्लो कालखण्डमा आएर हामी चुनाव गराउँदैनौं भन्ने किसिमको जुन भाव व्यक्त गरेको छ । त्यो गर्नुहुँदैन । जेनजीहरु सानातिनो भाइबहिनीहरु छन् अलिकति बुद्धि पलाएको छैन बुद्धि पलाओस् । उहाँ आफनो आमाले गर्न खोज्नुभएको जुन काम छ त्यसमा सहयोग गर्नैपर्छ ।’
आफ्नो दुई कार्यकालमा महानगरभित्र निकै परिवर्तन गर्न सफल भएको भन्दै उनले अहिलेपनि दैनिक रुपमा निरन्तर नयाँ नयाँ काम हुदै आएको जिकिर गरे ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्