खाँदबारीको सेकाहामा ऐतिहासिक महोत्सव हुने
तमू (गुरुङ) समुदायको महान पर्व तमू ल्होसारको अवसर पारेर आयोजना गरिएको महोत्सवले पौष ११ देखि १५ गतेसम्म रमाइलो र उत्सवमय वातावरण सिर्जना गर्ने विश्वास आयोजकको छ।
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा ऐतिहासिक सेकाहा महोत्सव–२०८२ आयोजना हुने भएको छ।
‘पौष ११–१५ खाँदबारी–४ सेकाहा जाऔं, ऐतिहासिक सेकाहा महोत्सवलाई भव्यताका साथ मनाऔं’ भन्ने नारासहित आयोजना हुने महोत्सवको तयारी तीव्र रुपमा अघि बढाइएको आयोजकले जनाएको छ।
सेकाहा सामुदायिक विकास क्लबको आयोजनामा हुने महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरु गठन गरी तयारी थालिएको क्लबका अध्यक्ष मनिराज गुरुङले जानकारी दिनुभयो।
पाँच दिने महोत्सवको अवसरमा सेकाहा रंगशालाको उद्घाटन, जग्गादाताहरुलाई सम्मान, अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारद्वारा सांगीतिक कार्यक्रम, सेकाहा गाउँ तथा पर्यटकीय क्षेत्रको अवलोकन, पर्यटन प्रवर्द्धन र होमस्टे भ्रमण कार्यक्रम समावेश गरिएको छ।
यसैगरी विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, जिल्लाभरका गुरुङ समुदायको भेला भई तमू ल्होसार पर्व मनाउने कार्यक्रम तथा छेलो हान्ने, डोरी तान्ने, हाँडी फुटाउनेजस्ता परम्परागत खेलकुद र नृत्य समेत रहने अध्यक्ष गुरुङले बताउनुभयो।
महोत्सवका अवसरमा देश तथा विदेशबाट पाहुनाहरु सेकाहामा भित्रिने अपेक्षा गरिएको आयोजक क्लबका सचिव सलबहादुर गुरुङले जानकारी दिनुभयो। तमू (गुरुङ) समुदायको महान पर्व तमू ल्होसारको अवसर पारेर आयोजना गरिएको महोत्सवले पौष ११ देखि १५ गतेसम्म रमाइलो र उत्सवमय वातावरण सिर्जना गर्ने विश्वास आयोजकको छ।
महोत्सवको सह–आयोजक मकालु बरुण बौद्ध गुम्बा रहेको छ भने मुख्य प्रायोजक खाँदबारी नगरपालिका वडा नं. ४ कार्यालय र प्रायोजकमा सिरुपाते ग्लोबल ग्रुप भालुकाभ्रा रहेको छ।
—
क्याटेगोरी : समाचार
ट्याग : #hot, #खाँदबारी नगरपालिका, #संखुवासभा, #सेकाहा महोत्सव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्