Techie IT
आईतबार, जेठ १०,२०८३

ईश्वर प्यानलबाट यी नेता सचिवमा भिड्दै


काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलमा  अहिलेसम्म उपाध्यक्षमा हालका सचिव गोकर्ण विष्ट, महासचिवमा हालका उपाध्यक्ष सुरेन्द्र पाण्डे र उपसमहासचिवमा हालका सचिव योगेश भट्टराईको उम्मेदवारी हुने तय भएको छ ।

सचिवका आकांक्षी भने धेरै देखिएका छन् । पोखरेलको प्यानलबाटै सचिवमा गोकुल बास्कोटा, विनोद ढकाल, कर्ण थापा, रचना खड्का, ठाकुर गैरेलगायतको उम्मेदवारीका विषयमा छलफल भएको छ । अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पनि उम्मदेवारीको प्यानल आउने अवस्थामा यी अनुहारमा केही हेरफेर गरेर पनि अघि बढ्ने तयारी रहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर प्यानलबाट


तपाईको कमेन्ट लेख्नुहोस्