शिवपुरी कलेजको १६औँ साधारणसभा भव्य रुपमा सम्पन्न
शिवपुरी कलेज महाराजगञ्ज, काठमाडौंको १६औँ वार्षिक साधारणसभा पूर्व राजदूत तथा पूर्व प्रमुख निर्वाचन आयुक्त आदरणीय सूर्यप्रसाद श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रममा कलेज सञ्चालक समितिका उपाध्यक्ष आदरणीय ईश्वर गौतमज्यूले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने लेखा अधिकृत रतनबहादुर सिंहज्यूले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो।
सो अवसरमा काठमाडौं महानगरपालिका–३ का वडा अध्यक्ष प्रेम थापाज्यू, इन्जिनियर टीका उप्रेतीज्यू तथा तिलिङ्गाटार माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डेज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा अक्षयकोषका संस्थापक डा. चपला कोइराला, दिपेश कोइराला, दिवस कोइराला, समीरराज पाण्डे र शिरिषराज पाण्डेज्यूलाई सम्मान गरिएको थियो।
सभामा उपस्थित अतिथिहरूलाई कलेज सभा सदस्य तथा शिवपुरी मा.वि.का प्र.अ. प्रकाश सुवेदीज्यूले स्वागत गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख दिवाकर दूरदर्शीज्यूले गर्नुभएको थियो भने अन्त्यमा कलेज सञ्चालक समितिका सदस्य सह–प्राध्यापक डा. विजय लाल प्रधानज्यूले धन्यवाद ज्ञापन गर्नुभयो।

क्याटेगोरी : education, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्