काँग्रेसले स्थानीय तहका जनप्रतिनिधि, राष्ट्रियसभा र प्रदेशसभा सदस्यलाई उम्मेदवार नबनाउने
काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा चुनावका लागि कडा मापदण्ड लागू गरेको छ।
नयाँ निर्देशअनुसार, २०७९ सालमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा हाल पदमा रहेका राष्ट्रियसभा र प्रदेशसभा सदस्यलाई पुनः उम्मेदवार बनाउन नपाइने भएको हो।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा मातहतका सबै संरचनालाई यी पदाधिकारीहरूको नाम सिफारिस नगर्न भनिएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ तीन जना (कम्तीमा एक महिला) र समानुपातिकतर्फ पनि समावेशीता कायम रहने गरी बढीमा दुई जनाको नाम सिफारिस गर्ने व्यवस्था कांग्रेसले गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेसले स्थानीय तहका जनप्रतिनिधि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्