यि हुन काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रबाट ४८ जना एमाले महाधिवेशन प्रतिनिधि
नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनमा काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रबाट ४८ जना प्रतिनिधि छानिएका छन् ।
नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट गणेश दुलाल, विष्णुकुमारी भुसाल, रामप्रसाद ओमागाई र सफल श्रेष्ठ छन् । त्यस्तै २ नम्बर मणिराम फुयाँल, सानुकुमार श्रेष्ठ, नवराज दाहाल, शोभा कार्की र शान्ता थापा रहेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ बाट कल्पना राजचल, इसादेवी गुरुङ, श्यामकृष्ण कर्माचार्य, विश्वराज श्रेष्ठ र डा.विदुर चालिसे निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर ४ मा उद्धव खरेल, श्रीकृष्ण श्रेष्ठ, प्रकाश कटुवाल, सुनिता गुरुङ र सरस्वती कार्की छन् । पाँच नम्बर क्षेत्रबाट ध्रुवराज पाण्डे, रत्ना गुरुङ, रामकृष्ण श्रेष्ठ,अम्बर डङ्गोल छन् । क्षेत्र नम्बर ६ बाट विश्वनाथ लामिछाने, कृष्णप्रसाद अधिकारी, देवीमाया आचार्य, बिन्दा बुढाथोकी र श्यामकृष्ण महर्जन छन् । यो क्षेत्रबाट सबै निर्विरोध प्रतिनिधि छानिएका हुन् । ७ नम्बरबाट प्रकाश श्रेष्ठ, जीवन मानन्धर, पूर्णिमा श्रेष्ठ, सपना अर्याल र प्रमेश धिमाल छन् । यो क्षेत्रबाट पूर्णिमा र सपना निर्विरोध छनोट भएका हुन् ।
त्यस्तै ८ नम्बर क्षेत्रबाट राजेश शाक्य, शङ्कर केसी, सुशीला अधिकारी, बब्लु शिवाकोटी छन् । ९ बाट केशव प्रसाद पोखरेल, उत्तम बहादुर राउत, पूर्णकुमार तण्डुकार, रञ्जु खड्का र सानुमैया खड्का छनोट भएका छन् ।
क्षेत्र नम्बर १० बाट प्रेमबहादुर शाही, महेश तामाङ, सन्तोष खड्का, लक्ष्मी लुइँटेल काफ्ले र वसन्ती श्रेष्ठ छनोट भएका छन् । यो क्षेत्रबाट पनि सबै निर्विरोध भएका छन् । दलिततर्फ भक्त दर्नाल छनोट भएका छन् ।
यसैबिच काठमाडौँ उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँका तीन अध्यक्षहरू भने प्रतिनिधि छनोट भएनन् । आफूहरूले अभिभावकीय भूमिका खेल्दै अरूलाई अवसर दिएर प्रतिनिधि छनोट गरेको उनीहरूको भनाइ छ ।
१४ हजार ७ सय हाराहारी सङ्गठित सदस्य रहेको काठमाडौँबाट ४८ जना प्रतिनिधि छनोट हुँदा ७ हजार ५७ सङ्गठित सदस्य रहेको भक्तपुरबाट १४ जना प्रतिनिधि छनोट भएका छन् ।
७ हजार सङ्गठित सदस्य रहेको ललितपुरमा पनि १४ जना नै प्रतिनिधि छनोट भएका छन् ।
काठमाडौँका अध्यक्ष दीपक निरौला, ललितपुरका पुरुषोत्तम आचार्य र भक्तपुरका बचन देउजाले ११ औँ महाधिवेशनमा प्रतिनिधि नहुने निर्णय गरेका हुन् । निरौलाले आफूहरू अभिभावकीय रूपमा रहने सोच बनाएर यो पटक प्रतिनिधि नबनेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यि हुन काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रबाट ४८ जना एमाले महाधिवेशन प्रतिनिधि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्