नेपाल पत्रकार महासङ्घ काठमाडौँलाई कामपा १४ का वडाध्यक्ष सापकोटाद्धारा राहात सहयोग
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखालाई काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले आज पाँच क्विन्टल चामललगायत खाद्यान्नका साथै स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ ।
वडाध्यक्ष सापकोटाले केही व्यावसायिक सङ्घसंस्थासँग समन्वय गरी ती सामग्री शाखाका अध्यक्ष सन्तराम विंडारीलाई प्रदान गर्नुभएको हो ।
यहाँ आज आयोजित कार्यक्रममा वडाध्यक्ष सापकोटाले पुराना र अग्रज पत्रकार रहेको उक्त शाखालाई भवन निर्माणका लागि आफ्नो वडामा जग्गा व्यवस्थापनका साथै अन्य सहयोग गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शाखाका अध्यक्ष विंडारीले भवन निर्माणका लागि वडाले गर्न लागेको सहयोगको सराहना गर्दै कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीको चुल्हो निभ्न नदिने शाखाको अभियान रहेको बताउनुभयो । अभाव, दबाब र प्रभाव बिनाको पत्रकारिताको खाँचो औँल्याउँदै उहाँले खाद्य सामग्री सङ्कलन गरी आफ्ना सदस्यलाई वितरण गरेको जानकारी दिनुभयो ।
शाखाले ५० पत्रकारलाई आज राहत वितरण गरेको छ । शाखाले लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, मस्यौरालगायत खाद्य सामग्री प्रदान गरेको हो ।

यसअघि शाखाले एकसय पत्रकारलाई राहत दिएको थियो । यसैबीच कालीमाटीस्थित ज्ञानतीर्थ संरक्षण समाजले आर्थिक अवस्था कमजोर भएका करीब २०० विपन्न मानिसलाई आज भोजन उपलब्ध गराएको छ ।
उक्त कार्यक्रममा वडाध्यक्ष सापकोटाले हुने मानिसले नहुनेलाई राहत तथा भोजन दान गरेर पुण्य कार्य गरेकामा खुशी व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष विनोद डङ्गोलले विभिन्न दाताको सहयोगमा राहत सङ्कलन गरी मानवीयताका आधारमा दुःख पाएका मानिसलाई वितरण गरेको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकार महासङ्घ काठमाडौँ शाखा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्