मृत्युदण्डको विरोधमा शेख हसिनाको पार्टीद्वारा देशव्यापी प्रदर्शन आह्वान
मृत्युदण्ड सुनाइएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले यही नोभेम्बर ३० सम्म देशव्यापी विरोध प्रदर्शन गर्न कार्यकर्ताहरूलाई आह्वान गरेको छ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया पूर्वप्रधानमन्त्री हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई नोभेम्बर १७ मा मृत्युदण्डको सजाय सुनाएको छ।
अवामी लिगले न्यायाधिकरणको निर्णय मोहम्मद युनुसको अन्तरिम सरकारले हसिना र उनको पार्टीलाई अर्को वर्ष फेब्रुअरीमा हुने आम चुनावबाट ‘बाहिर’ राख्ने राजनीतिक ‘षड्यन्त्र’अन्तर्गत त्यस्तो निर्णय गरेको आरोप लगाएको छ।
पार्टीले न्यायाधिकरणको निर्णय अस्वीकार गर्दै त्यसलाई ‘अवैध’ भनेको छ र युनुसको राजीनामा मागेको छ।
अवामी लिगले युनुस र उनका सहयोगीहरूलाई राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएको छ।
उसले भनेको छ, ‘बंगलादेशमा नक्कली चुनाव हुन दिइने छैन। यसको कुनै पनि हालतमा विरोध गरिनेछ।’
जुलाई २०२४ मा सरकारी जागिरमा आरक्षणविरुद्ध बंगलादेशमा भएको विद्यार्थी आन्दोलन थेग्न नसकेपछि शेख हसिना भारत भागेकी थिइन्। त्यसबेलादेखि उनी भारतको शरणमा छिन्।
क्याटेगोरी : समाचार
ट्याग : #बंगलादेशशेख हसिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्