खाँदबारीमा भोलि लागू औषधविरुद्ध चेतनामूलक र्याली हुने
खाँदबारी । समाजमा पछिल्लो समय लागू औषध दुरुपयोग बढ्दै गएपछी खाँदबारी यूथ क्लब (KYC) ले संखुवासभाको खाँदबारीमा भोलि मंसिर ७ गते चेतनामूलक र्याली निकाल्ने भएको छ। क्लबको २१औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने यस र्यालीले युवालाई सचेत गराउने र समुदायलाई दुरुपयोगविरुद्ध एकजुट हुन प्रेरित गर्ने उद्देश्य राखिएको क्लबले जनाएको छ।
क्लबका अध्यक्ष सुरेन शाक्यका अनुसार र्याली “Say No to Drugs” मुख्य संदेशसहित आइतबार बिहान ७:३० बजे खाँदबारी–१ स्थित पोखरी बजार क्षेत्रबाट सुरु हुनेछ। उहाँले समाजमा फैलँदो दुर्व्यसन रोक्न सामूहिक आवाज उठाउने समय आएको बताउनुभयो।
र्यालीमा क्लबका सदस्यहरूसँगै स्थानीय विद्यालय, सरकारी तथा गैह्रसरकारी संस्थाका प्रतिनिधि, सामाजिक संघ–संस्था र सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। क्लबले युवालाई जोखिमयुक्त दुर्व्यसनबाट जोगाउँदै सुरक्षित र स्वस्थ समुदाय निर्माणका लागि सबैलाई सहभागी हुन आग्रह गरेको छ।
बि.स. २०६१ मा स्थापना भएको खाँदबारी यूथ क्लबले खेलकुद, सामाजिक सेवा र जनचेतनामूलक कार्यक्रममार्फत समुदायमा सक्रिय भूमिका खेल्दै आएको छ। क्लबका प्रतिनिधिहरूले यो र्यालीलाई लागू औषधविरुद्धको सामूहिक प्रतिबद्धताको अवसरका रूपमा लिन आग्रह गर्दै कार्यक्रमा सहभागिताको लागि अनुरोध गरेका छन्।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #“Say No to Drugs”, #hot, #खाँदबारी यूथ क्लब (KYC), #चेतनामूलक र्याली, #लागू औषध दुरुपयोग, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ४एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ५पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ६तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ७काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ८एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?






तपाईको कमेन्ट लेख्नुहोस्