संखुवासभा अस्पतालमा पहिलोपटक नलिमा बसेको गर्भ सफल शल्यक्रिया
संखुवासभा— जिल्ला अस्पताल संखुवासभामा पहिलोपटक नलिमा बसेको गर्भको जटिल शल्यक्रिया गरिएको छ।
भोटखोला ४ की ३७ वर्षीया याङजेन भोटे आइतबार बिहान करिब साढे ११ बजे तल्लो पेटमा पीडा भएपछि इमरजेन्सी कक्षमा भर्ना भएकी थिइन्। अल्ट्रासाउन्ड जाँचमा उनको ६ हप्ता ४ दिनको गर्भ पाठेघरमा नभई बायाँतर्फको नलिमा बसेको पुष्टि भएको थियो।
जोखिम देखिएपछी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सन्तोष साहको नेतृत्वमा एएसविए डा प्रदीप श्रीवाल, एनेस्थेसियोलोजिष्ट डा प्रियन्का दाहाल, स्क्रब नर्स सिर्जना नेपाली र प्रतिमा कार्की तथा एनेस्थेसिया सहायक कमलराज ओली र सारङ्गा लिम्बु र ओटी सहायक तारा गिरीको टोलीले सफल सल्यक्रिया गरेको थियो। समयमै शल्यक्रिया नगरिएको भए बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्ने उपचारमा सम्लग्न चिकित्सक सन्तोष साहले बताए।

अपरेसन गर्नेबेला बिरामीको पेटभित्र करिब साढे १ लिटर जति रगत जमेको थियो, उनले भने सही समयमा उपचार भएकाले उनको ज्यान बचाउन सजिलो भयो।
संखुवासभा अस्पतालमा गरिएको यो सफल शल्यक्रियाले जटिल प्रसूति स्वास्थ्य सेवामा स्थानीयस्तरमै भरोसा बढाएको आपतालका निमित्त प्रमुख डा विकाश आचर्यले बताए। संखुवासभामा बार्षिक १५ सय बढी सुत्केरी हुने गरेको जिल्ला अस्पतालले जनाएको छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #जिल्ला अस्पताल संखुवासभा, #नलिमा बसेको गर्भको जटिल शल्यक्रिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्