जनअपेक्षा पूरा नहुँदा जेन्जी युनाइटेडले जनजागरण अभियान चलाउने
संखुवासभा : राजनीतिक परिवर्तनको लामो यात्रापछि पनि देशले अपेक्षित सुशासन, न्याय, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत क्षेत्रहरूमा उपलब्धि हासिल गर्न नसकेको भन्दै जेन्जी युनाइटेड संखुवासभाले जनजागरण अभियान सुरु गर्ने घोषणा गरेको छ।
आज आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गर्दै जेन्जी युनाईटेड संखुवासभाका संयोजक अमृत राईले देशमा बढ्दो भ्रष्टाचार, असमानता, बेरोजगारी, विकास निर्माणका कार्यमा भएको ढिलासुस्ती र नेतृत्वको गैरजिम्मेवारीताले जनतामा गहिरो निराशा उत्पन्न भएको बताउनुभयो।
उहाँका अनुसार “राज्य प्रणाली परिवर्तन भए पनि जनताको जीवनस्तरमा सोचेअनुसार सुधार नआउनु व्यवस्थागत असफलताको संकेत हो। जनताले पाएको अधिकार र अपेक्षा अनुसार सेवा सुविधा नपाएका कारण अब जनजागरण अभियानमार्फत चेतना फैलाउन आवश्यक भएको छ,” संयोजक राईले विज्ञप्तीमा उल्लेख गरेका छन्।
राईले संघीयता लागू भइसके पनि प्रदेश र स्थानीय तहमा समन्वय अभाव, योजनाको असमान कार्यान्वयन र नेतृत्व स्तरमा देखिएको अविश्वसनीयताले नागरिक निराश बनेको धारणा राखे।
युनाइटेडका अनुसार अब देशव्यापी जनजागरण, सांस्कृतिक कार्यक्रम, संवाद तथा अन्तरक्रियामार्फत नागरिकलाई सचेत बनाउँदै प्रणाली सुधारका लागि दवाब सिर्जना गर्ने योजना छ। अभियान मंसिर ४ गते औपचारिक रूपमा शुभारम्भ हुने बताइएको छ।
संयोजक राईले जनताको हकहितमा शान्तिपूर्ण परिवर्तन, न्यायसंगत समाज र उत्तरदायी नेतृत्व निर्माण नै अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो।
—
क्याटेगोरी : समाचार
ट्याग : #जेन्जी युनाईटेड संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्