जनअपेक्षा पूरा नहुँदा जेन्जी युनाइटेडले जनजागरण अभियान चलाउने
संखुवासभा : राजनीतिक परिवर्तनको लामो यात्रापछि पनि देशले अपेक्षित सुशासन, न्याय, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत क्षेत्रहरूमा उपलब्धि हासिल गर्न नसकेको भन्दै जेन्जी युनाइटेड संखुवासभाले जनजागरण अभियान सुरु गर्ने घोषणा गरेको छ।
आज आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गर्दै जेन्जी युनाईटेड संखुवासभाका संयोजक अमृत राईले देशमा बढ्दो भ्रष्टाचार, असमानता, बेरोजगारी, विकास निर्माणका कार्यमा भएको ढिलासुस्ती र नेतृत्वको गैरजिम्मेवारीताले जनतामा गहिरो निराशा उत्पन्न भएको बताउनुभयो।
उहाँका अनुसार “राज्य प्रणाली परिवर्तन भए पनि जनताको जीवनस्तरमा सोचेअनुसार सुधार नआउनु व्यवस्थागत असफलताको संकेत हो। जनताले पाएको अधिकार र अपेक्षा अनुसार सेवा सुविधा नपाएका कारण अब जनजागरण अभियानमार्फत चेतना फैलाउन आवश्यक भएको छ,” संयोजक राईले विज्ञप्तीमा उल्लेख गरेका छन्।
राईले संघीयता लागू भइसके पनि प्रदेश र स्थानीय तहमा समन्वय अभाव, योजनाको असमान कार्यान्वयन र नेतृत्व स्तरमा देखिएको अविश्वसनीयताले नागरिक निराश बनेको धारणा राखे।
युनाइटेडका अनुसार अब देशव्यापी जनजागरण, सांस्कृतिक कार्यक्रम, संवाद तथा अन्तरक्रियामार्फत नागरिकलाई सचेत बनाउँदै प्रणाली सुधारका लागि दवाब सिर्जना गर्ने योजना छ। अभियान मंसिर ४ गते औपचारिक रूपमा शुभारम्भ हुने बताइएको छ।
संयोजक राईले जनताको हकहितमा शान्तिपूर्ण परिवर्तन, न्यायसंगत समाज र उत्तरदायी नेतृत्व निर्माण नै अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो।
—
क्याटेगोरी : समाचार
ट्याग : #जेन्जी युनाईटेड संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ४एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ५पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ६तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ७काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ८एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?






तपाईको कमेन्ट लेख्नुहोस्