एमाले तारकेश्वरले प्रतिगामी षडयन्त्रविरुद्ध भोली बिहान ७ बजे लामबगरबाट जनप्रदर्शन गर्ने
प्रतिगामी षडयन्त्रविरुद्ध आज देशभर एमालेको जनप्रदर्शन, तारकेश्वरमा बिहान ७ बजेबाट र्याली सुरु
काठमाडौं ।नेकपा (एमाले)ले कार्तिक २५ गते देशव्यापी जनप्रदर्शन गर्दैछ। पार्टीले “प्रतिगामी षड्यन्त्रविरुद्ध जनप्रदर्शन” शीर्षकमा देशभरका सबै पालिकामा प्रदर्शन आयोजना गर्ने भएको छ ।
एमाले सचिवालयको निर्णय अनुसार जनप्रदर्शनको उद्देश्य संविधान र लोकतन्त्रको रक्षा गर्दै विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग अघि सार्नु रहेको छ। महासचिव शंकर पोखरेलले सबै तहका संगठन र जनसंगठनलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
प्रदर्शनका क्रममा प्रयोग गर्नुपर्ने केही नारा पनि सार्वजनिक गरेका छन्, जसमा —
-
“प्रतिगामी षड्यन्त्र मुर्दावाद!”
-
“विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर!”
-
“२३ र २४ को अपराधिक घटनाको निष्पक्ष छानबिन गर!”
-
“तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर!”
-
“हत्या, हिंसा, आतंक बन्द गर!”
-
“नेकपा (एमाले) जिन्दाबाद!”
-
“जनताको बहुदलीय जनवाद जिन्दाबाद!” — समावेश छन्।
प्रदर्शनपछि छोटो कोणसभा गर्ने र त्यसका तस्बिर–भिडियो सामाजिक सञ्जालमा साझा गर्न महासचिव पोखरेलले आग्रह गरेका छन्।
यसैक्रममा, तारकेश्वर नगर कमिटीले पनि आज बिहान ७ बजे जरंखुबाट र्याली सुरु गर्ने जनाएको छ। नगर अध्यक्ष बासु गौतमका अनुसार कार्यक्रममा पार्टीका सम्पूर्ण संगठन, विभिन्न तहका नेता–कार्यकर्ता, बुद्धिजीवी र एमाले समर्थक नगरवासीको सहभागिता रहनेछ।
एमालेले २५ गते पालिकास्तरीय, २९ गते जिल्लास्तरीय र मङ्सिर ६ गते काठमाडौं उपत्यकामा बृहत् जनसभा गर्ने तयारी गरेको छ।
क्याटेगोरी :
समाचार
ट्याग : #एमाले तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्