प्रतिनिधि सभा व्युँताउने प्रयासमा एमालेको हस्ताक्षर संकलन जारी
प्रतिनिधिसभा ब्युताउन नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन जारी छ । यही कात्तिक २० गतेदेखि हस्ताक्षर संकलन सुरु भएको हो ।
२० जना भन्दा बढीको हस्ताक्षर संकलन भएको भनिएको छ तर, यकिन संख्या सार्वजनिक गरिएको छैन । निवर्तमान सांसदहरू जिल्ला–जिल्लामा रहेका र पार्टीको वडा÷पालिकास्तरीय कार्यक्रममा समेत व्यस्त रहेकाले काठमाडौंमा उपलब्ध निवर्तमान सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् ।
एमालेले गत शुक्रबार वडास्तरीय भेला गरेको थियो । यही कात्तिक २५ गते पालिकास्तरीय भेला गर्दैछ । त्यसपछि जिल्लास्तरीय सभा र आगामी मंसिर ६ गते काठमाडौंमा प्रदर्शनको आयोजना गर्दैछ । यी भेला र प्रदर्शनमार्फत एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि दबाब दिने नीति लिएको छ । साथै महाधिवेशनको तयारी समेत भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधि सभा व्युँताउने प्रयासमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्