९ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी , ३६ उपसचिवसहित ७३ कर्मचारीको सरुवा
३६ उपसचिवसहित शाखा अधिकृत र नायव शुब्बा गरेर ७३ जना कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार र बिहीबारको निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो।३६ जना उपसचिवको सरुवा गर्दा ९ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
जसमा पदमबहादुर बुढालाई दैलेखको दुल्लु नगरपालिका, मंगलबहादुर शाहीलाई बर्दियाको ठाकुरबाबा नगरपालिका, शिवराज रेग्मीलाई लमजुङको राईनास नगरपालिका, महमदशेरे मुस्तफालाई रौतहटको देवाहीगोनाही नगरपालिका, बिकाउकुमार यादवलाई रौतहटको राजदेवी नगरपालिका, सुर्यप्रसाद गौतमलाई बाराको निजगढ नगरपालिका, ओमप्रकाश महतोलाई धनुषाको हंशपुर नगरपालिका, डम्बरबहादुर जिसीलाई बागलुङको गल्कोट नगरपालिका र सुनिल निरौलालाई झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
यस्तै, ५ जना उपसचिवलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट सरुवा गरेर अन्यत्र पठाइएको छ । जसमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका प्रेम सुवेदी, बर्दियाको ठाकुरबाबा नगरपालिका छविलाल नेपाली, कैलालीको भजनी नगरपालिकाका राजेन्द्रप्रसाद पन्थी, बाराको निजगढ नगरपालिकाका राजेन्द्रबहादुर अर्याल र बागलुङको गल्कोट नगरपालिकाका सुर्यप्रसाद उपाध्यायलाई अन्यत्र सरुवा गरिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्