Techie IT
आईतबार, जेठ १०,२०८३

शेखरले आफूनिकट जिल्ला सभापतिसँग छलफल गरेका छन्


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्।

विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट जिल्ला सभापतिहरूसँग उनले छलफल गरेका हुन्।

नेता कोइरालाले पार्टीमा देखिएको पछिल्लो विवादबारे जिल्ला सभापतिहरूसँग छलफल गरेका केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले बताउनु भयो।

उनकाअनुसार छलफलमा जिल्ला सभापतिहरूसँगै जिल्लाका पूर्वसभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, केही केन्द्रीय सदस्यहरू पनि सहभागी थिए।

छलफलमा कोइरालाले आफू आगामी निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा रहेको ‘ब्रिफिङ’ गरेका छन्।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्