प्रचण्डको लगानी रहेको भन्दै आगजनी गर्ने ५ जना पक्राउ
जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको आरोपमा ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगानी रहेको भन्दै जेन-जी आन्दोलनको क्रममा उक्त रिसोर्टमा आगजनी गरिएको थियो ।
उक्त आगजनीमा संलग्न रहेको आरोपमा कराते प्रशिक्षक २९ वर्षीय रूपक नेपालीसहित ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपकसहित पोखरा-१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ छन्।
उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्