नेपालगन्ज उपमहानगरपालिका ‘निषेधित क्षेत्र’ घोषणा
बाँके, २२ वैशाख ः बाँकेको नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्बदलिय सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले बैशाख २३ गते विहान ११ बजेदेखि २५ गते मध्यरातसम्मका लागि पूर्णरुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय भएको प्रजिअ खड्काले बताए । त्यस्तै बैठकले सब्जी मण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वाव संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङ्गका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनैपनि किसिमले बाटो छेक्ने, राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानुनी कारवाहीसमेत गर्ने निर्णय गरेको छ ।
सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने, खलल पर्ने सामाग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ । नेपालगन्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाई छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #नेपालगन्ज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्