बूढानीलकण्ठ नगरपालिका वडा नं १० ले दैनिक दुई हजार मानिसलाई निःशुल्क खाना खुवाउँदै
बूढानीलकण्ठ नगरपालिका वडा नं १० ले दैनिक दुई हजार मानिसलाई निःशुल्क खाना खुवाउँदै आएको छ । लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका ज्याला मजदूर, विद्यार्थी, विपन्न परिवारलगायतलाई खाना खुवाइएको वडाध्यक्ष नवराज भट्टराईले बताउनुभयो ।
दैनिक दुई हजार जनाका लागि खाना तयार गरेर स्वयंसेवकको सहयोगमा पोको पारी वडा नं १० का विभिन्न स्थानमा रहेका वितरणस्थलसम्म लैजाने काम भइरहेको बताइएको छ ।
निःशुल्क खाना खुवाउन स्थानीय समाजसेवी, उद्यमी, व्यापारी, महिला समूहलगायतले सहयोग गरेको समाजसेवी विद्या सुवेदी(विना)ले बताउनुभयो । बूढानीलकण्ठ– १० ले शुरु गरेको सो अभियानमा दैनिक २५ भन्दा बढी स्वयंसेवक परिचालित छन् । दैनिक चार सय केजी चामल, ६० केजी गेडागुडी, एक बोरा आलु तथा सय केजीसम्म तरकारी उपयोग हुँदै आएको जनाइएको छ ।
वडाका विभिन्न क्षेत्रबाट आएको मागका आधारमा १० स्थानबाट निःशुल्क खाना वितरण हुँदै आएको हो । त्यस्तै नगरपालिकास्थित सिद्धेश्वरी लोकसाधनाले दैनिक २५० स्वास्थ्य तथा सुरक्षाकर्मीलाई दिवा खाजा खुवाउँदै आएको छ ।
यसैगरी बूढानीलकण्ठ ७ हात्तीगौँडास्थित छहारी संस्थाले लकडाउनका कारण खाना समस्यामा परेका एक हजार मानिसलाई खाना खुवाउँदै आएको छ ।
लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका ज्याला मजदूर, विद्यार्थी, एकल महिला, जेष्ठ नागरिकलगायतलाई निःशुल्क खाना खुवाइँदै आएको संस्थाका अध्यक्ष लिली थापाले बताउनुभयो ।
बूढानीलकण्ठ– १ देखि ९ सम्मका विपन्न परिवारलाई छहारीले बेलुका निःशुल्क खाना खुवाउँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बूढानीलकण्ठ नगरपालिका वडा नं १०
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्