काभ्रे मण्डनदेउपुरका घाँटीको क्यान्सरबाट पीडित भोलानाथ ढकाललाई सहयोग आवश्यक
काभ्रे, नेपाल — काभ्रेपलाञ्चोकको मण्डेन्देउपुर नगरपालिका निवासी ४५ वर्षीय भोलानाथ ढकाल हाल घाँटीको क्यान्सर (Throat Cancer) बाट संघर्षरत हुनुहुन्छ। दुई वर्षअघि श्रीमतीको निधनपछि उहाँले आफ्ना चार जना साना बालबालिका र वृद्ध आमाबाबुको एक्लो हेरचाह गर्दै जीवन गुजारा गर्दै आउनुभएको थियो।
परिवारको मुख्य आम्दानीको स्रोत रहेका भैंसीहरू बेचेर जुटाएको रकमले केही समय उपचार चले पनि अहिले आर्थिक अभावका कारण उहाँको उपचार रोकिएको छ। हाल उहाँ नेपाल क्यान्सर अस्पताल, हरीशिद्धिमा उपचाररत हुनुहुन्छ। चिकित्सकहरूले तुरुन्तै शल्यक्रिया (सर्जरी) गर्न सिफारिस गरे पनि आर्थिक कठिनाइका कारण सम्भव भएको छैन।
स्थानीय बासिन्दा र शुभचिन्तकहरूले भोलानाथलाई जीवनदान दिन सबैलाई स–साना सहयोग गर्न अपिल गरेका छन्।“हाम्रो स–साना सहयोगले भोलानाथ जस्तो पितालाई आफ्नो बालबालिकाको भविष्यका लागि बाँच्ने आशा दिलाउन सक्छ,” — अभियानका संयोजकहरूले भने।
भोलानाथ ढकालको उपचारका लागि GoFundMe अभियान सुरु गरिएको छ। इच्छुक सहयोगीहरूले तलको लिंकमार्फत सहयोग गर्न सक्नुहुन्छ:
GoFundMe: Help Bhola Nath Dhakal’s Cancer Treatment
त्यसैगरी, उहाँका भाइको बैंक खातामा सिधा रकम पठाउन QR कोड स्क्यान गरेर पनि सहयोग गर्न सकिन्छ।
हामी सबैको स–साना सहयोगले भोलानाथ र उनको परिवारको जीवनमा आशाको नयाँ किरण ल्याउन सक्छ। कृपया यो सन्देश सेयर गरेर पनि सहयोगी बन्नुहोस्।
QR कोड स्क्यान गरेर पनि सहयोग गर्न सकिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #घाँटीको क्यान्सरबाट पीडित भोलानाथ ढकाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्