Techie IT
शुक्रबार, भदौ १२,२०८३

बंगालको खाडीमा ‘मोन्था’ आँधी सक्रिय, नेपालमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं । भारतको मौसम विभागले बंगालको खाडीमा सक्रिय रहेको ‘मोन्था’ चक्रवात अझ शक्तिशाली बन्दै आँधीबेहेरीमा परिणत हुने चेतावनी जारी गरेको छ।

बीबीसी हिन्दीका अनुसार ‘मोन्था’ आँधीको प्रभाव भारतका महाराष्ट्र, आन्ध्र प्रदेश, अन्दमान–निकोबारलगायत क्षेत्रमा पर्नेछ। यस आँधीको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान गरिएको छ।

नेपालमा पनि यसको असर देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबारदेखि बिहीबारसम्म बंगालको खाडीबाट सक्रिय हुने ‘मोन्था’ चक्रवातका कारण देशभर आंशिकदेखि पूर्ण बदली रहने, वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मोन्था’ आँधी सक्रिय


तपाईको कमेन्ट लेख्नुहोस्