Techie IT
शनिबार, असार १३,२०८३

आज मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दै छन चारजना मन्त्रि


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आज चार जना नयाँ मन्त्री नियुक्त गर्न लागेको छ। नयाँ मन्त्रीहरूले आज साँझसम्म पद तथा गोपनीयताको शपथ लिने तयारी भइरहेको छ।

नयाँ नियुक्त मन्त्रीहरूमा गणपतिलाल श्रेष्ठ पर्यटन मन्त्री, डा. सुधा गौतम स्वास्थ्य मन्त्री, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा सिफारिस भएका छन्।

डा. सुधा गौतम (शर्मा) स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव हुन्। उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञका रूपमा लामो अनुभव राख्छिन्। पर्यटन मन्त्री बन्न लागेका गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षणका अभियन्ता हुन्। उनले देशभरका विभिन्न क्षेत्रमा गएर सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा सिफारिस खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन्। उनी दलित समुदायका हक र अधिकारका लागि लामो समयदेखि सक्रिय छन्। काठमाडौंमा ‘दलित खै?’ भन्ने नारा लिएर गरिएको प्रदर्शनमार्फत उनी चर्चामा आएका थिए।

युवा तथा खेलकुद मन्त्री बन्न लागेका बब्लु गुप्ता सामाजिक अभियन्ता हुन्। उनले वंचित र विपन्न वर्गका लागि विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएका छन्। साथै, उनले विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्ने काम पनि गर्दै आएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मन्त्रिपरिषद् विस्तार हुँदै


तपाईको कमेन्ट लेख्नुहोस्