तारकेश्वरमा मोटरसाइकल दुर्घटना, १७ वर्षीय घिमिरे गम्भीर घाइते
काठमाडौं । तारकेश्वर नगरपालिका–६ धर्मस्थली पसल चोक नजिक गएराति एक मोटरसाइकल दुर्घटनामा परि एक युवक गम्भीर घाइते भएका छन्।
गएराति करिब ११:३५ बजे तिनपिप्लेबाट सानो बाइपासतर्फ जाँदै गरेको बा.प्र.०२–०३७प ५१०६ नम्बरको आर–वान–फाइभ मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकछेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा तारकेश्वर–३ का १७ वर्षीय प्रजित घिमिरे गम्भीर घाइते भएका छन्। टाउको, छाती, हात र खुट्टामा चोट लागेको घिमिरेलाई प्रारम्भिक उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको र पछि थप उपचारका लागि टोखास्थित ग्रान्डी अस्पताल सारिएको बालाजु प्रहरी वृत्तले जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा मोटरसाइकल दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्