नख्खु कारागारबाट फरार कैदी खाँदबारीमा पक्राउ
संखुवासभा, २ कार्तिक । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नख्खु कारागारमा कैद भोगिरहेका संखुवासभा खाँदबारी नगरपालिका–८ का २७ वर्षीय विशाल विश्वकर्मा (बिबेक) लाई प्रहरीले पक्राउ गरेको छ।
गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नख्खु कारागारबाट फरार भएका थिए। फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको विशेष टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो।
डीएसपी मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्रबाट करिब डेढ किलोमिटर टाढा पक्राउ गरिएको हो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
फरार कैदीलाई पक्राउ गरी कानूनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको डीएसपी मैनालीले बताउनुभयो । उहाँले कारागार प्रशासनसँग समन्वय गरी बिश्वकर्मालाई पुनः नख्खु कारागार पठाइने जानकारी दिनुभयो।
अदालतले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेपछि विश्वकर्मा नख्खु कारागारमा कैद सजाय भोगिरहेका थिए।
—
क्याटेगोरी : समाचार
ट्याग : #खाँदबारी नगरपालिका, #नक्खु कारागार, #फरार कैदी, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्