नख्खु कारागारबाट फरार कैदी खाँदबारीमा पक्राउ

संखुवासभा, २ कार्तिक । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नख्खु कारागारमा कैद भोगिरहेका संखुवासभा खाँदबारी नगरपालिका–८ का २७ वर्षीय विशाल विश्वकर्मा (बिबेक) लाई प्रहरीले पक्राउ गरेको छ।
गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नख्खु कारागारबाट फरार भएका थिए। फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको विशेष टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो।
डीएसपी मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्रबाट करिब डेढ किलोमिटर टाढा पक्राउ गरिएको हो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
फरार कैदीलाई पक्राउ गरी कानूनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको डीएसपी मैनालीले बताउनुभयो । उहाँले कारागार प्रशासनसँग समन्वय गरी बिश्वकर्मालाई पुनः नख्खु कारागार पठाइने जानकारी दिनुभयो।
अदालतले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेपछि विश्वकर्मा नख्खु कारागारमा कैद सजाय भोगिरहेका थिए।
—
क्याटेगोरी : समाचार
ट्याग : #खाँदबारी नगरपालिका, #नक्खु कारागार, #फरार कैदी, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
तपाईको कमेन्ट लेख्नुहोस्