संखुवासभाको आइसोलेसनमा राखिएको महिलाको स्वाव परिक्षण पीसीआर नेगेटिभ
संखुवासभाको धर्मदेवी नगरपालिका २ मा साइप्रसबाट आउनु भएकी ४१ वर्षीय एक जना महिलाको स्वाव परिक्षण पीसीआर नेगेटिभ आएको छ ।
जिसस प्रमुख एवं अस्पताल विकास समिति अध्यक्ष सुमन शाक्यका अनुसार ती महिला बिरामी भएपछि स्वाव परिक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । यसअघि उनको आरडिटि परिक्षण पनि नेगेटिभ आएको थियो । ज्वरो आउने, वान्ता, झाडा पखाला लक्षण देखिएको छ । बिरामी महिलालाई जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन वार्डमा राखिएको छ
संखुवासभामा अहिलेसम्म दुई जनाको मात्र स्वाव परिक्षण भएको छ । ती महिलाको स्वास्थ्य सामान्य रहेको शाक्यले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्