भीआईपीको सुरक्षामा मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी फिर्ता
असोज । भीआईपी तथा भीभीआईपीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । २३ असोजमा मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्नेबारे गृहमन्त्रीस्तरीय निर्णय भएको थियो । नेतालगायत भीआईपी सुरक्षा पाउने व्यक्तिहरुका सुरक्षाकर्मी फिर्ताको काम सुरु भएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार अहिलेसम्मको विवरण अनुसार २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । जसमध्ये नेपाल प्रहरीका १७४ जना र सशस्त्र प्रहरीका ७४ जना छन् । पूर्वप्रधानमन्त्रीहरुलाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षा दिइने विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेख छ ।
तर मापदण्डभन्दा दोब्बर बढी सुरक्षाकर्मी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेका थिए ।
अन्य पूर्वविशिष्ट व्यक्ति तथा बहालवाला विशिष्ट व्यक्तिहरुले मापदण्ड विपरित राखेका सुरक्षाकर्मी समेत गरेर २७१ जनालाई फिर्ता गरिएको हो । फिर्ता भएकाहरुले अब संगठनले तोकेको नियमित ड्युटीमा खटिने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भीआईपीको सुरक्षामा मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्