माओवादीसँग एकताको विपक्षमा उभिए झलनाथ
काठमाडौं । नेकपा एसले माओवादी केन्द्रसँग एकता गर्न लागेका बेला सम्मानित नेता झलनाथ खनालले सम्भावित एकतामा विमति जनाएका छन् ।
जेनजी आन्दोलनकारीबाट जिउँदै जलाइएकी श्रीमती रविलक्ष्मीको उपचारका लागि दिल्लीमा रहेका खनालले आइतबार वक्तव्य जारी गर्दै पार्टी एकताको कुरा कुबेलाका बाजा भनेका छन् ।
उनले यस्तो प्रयासलाई भड्खालोमा जाने बाटो भन्दै पार्टी बलियो बनाउन आह्वान गरेका छन् ।
खनालको वक्तव्यमा भनिएको छ–यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोहि पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाइ पार्ने दिशामा नलागौँ । सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं । ठिक बेठिक के ग¥यौ, दूध र पानी छुट्याऔँ । हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔँ । सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरुलाई गोलबन्द गरौं । एउटा बृहत राष्ट्रिय मोर्चाको निर्माण गरौं र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि बढौं । मेरो विचारमा आजको सहि मार्ग यहि हो । कुबेलाको सहनाई बजाउनतिर कोहि पनि नलागौं । सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढौँ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माओवादीसँग एकताको विपक्षमा उभिए झलनाथ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्