Techie IT
शुक्रबार, साउन १५,२०८३

टोखामा एक युवकको हत्या, २ जना पक्राउ


काठमाडौं । टोखामा एक जनाएको हत्या भएको छ । टोखा नगरपालिका-२ चण्डेश्वरीमा बिहीबार राति पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको हत्या भएको हो ।

हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई पक्राउ गरेको छ । बादविवादको क्रममा उनीहरूले फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । घाइते लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको थियो ।

पक्राउ परेकाहरुमाथि हत्या आरोपमा अनुसन्धान अघि बढाएको प्रहरी जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #२ जना पक्राउ, #breaking, #टोखामा एक युवकको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्