Techie IT
शनिबार, साउन १६,२०८३

टोखाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन


नगरप्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा बुधबार बसेको शान्ति–सुरक्षा सम्बन्धी बैठकले टोलस्तरमा सुरक्षालाई सुदृढ बनाउन यो निर्णय गरेको हो। बैठकले हरेक टोलका वासिन्दालाई प्रहरीसँगको समन्वय र सहकार्यमा आफ्नो टोल र टोलवासीको जीउधन तथा सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न वडा कार्यालयमार्फत समूह गठन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकले नगरभित्रका प्रत्येक घरधनीले बहालमा बस्ने व्यक्तिको परिचय खुल्ने कागजात संलग्न गर्नुपर्ने र यदि त्यस्ता व्यक्तिले कुनै शङ्कास्पद गतिविधि गरेको देखिएमा तुरुन्तै नजिकको सुरक्षा निकायलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि गरेको छ।

त्यस्तै, स्थिति सामान्य नहुञ्जेल राति ९ बजेपछि अत्यावश्यक अवस्था बाहेक घरबाहिर ननिस्कनव्यापार–व्यवसाय पनि सो समयपछि बन्द गर्न अनुरोध गर्ने निर्णय गरिएको छ।

बैठकले थप रूपमा नगरभित्रका पूर्वस्थापित प्रहरी कार्यालयहरूलाई पूर्ववत् रूपमा सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने तथा हाल निष्क्रिय रहेका सडकबत्ती, सिसी क्यामेरा लगायतका सुरक्षासम्बन्धी उपकरणहरू मर्मत गरी चाँडै सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन


तपाईको कमेन्ट लेख्नुहोस्