शेरबहादुर देउवा कांग्रेस पदाधिकारी बैठकमा सहभागी नहुने, पूर्णबहादुरले अध्यक्षता गर्ने
काठमाडौं । नेपाली कांग्रेसको आज दिउँसो बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।
बैठक आज दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्ने तयारी छ । देउवाको अनुपस्थितिमा बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सञ्चालन हुने भएको छ ।
जेन-जी आन्दोलनपछि देउवा कुनैपनि पार्टी बैठकमा प्रत्यक्ष रूपमा सहभागी भएका छैनन् । यद्यपि, उनले केही नेताहरूसँग भर्चुअल माध्यमबाट संवाद गरेको स्रोतले जनाएको छ ।
भदौ २४ गते जेन-जी आन्दोलनको दोस्रो दिन बुढानीलकण्ठस्थित देउवा निवासमा प्रदर्शनकारीले कुटपिट र तोडफोड गरेका थिए, जसका क्रममा देउवा र उनकी पत्नी आरजु राणा घाइते भएका थिए ।
निवासमा भएको आगजनीपछि उनीहरू हाल ललितपुरमा बस्दै आएका छन्, तर उनीहरूको बसोबासको ठेगाना सार्वजनिक गरिएको छैन ।
आजको बैठकमा असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डाबारे विस्तृत छलफल हुने नेताहरूले बताएका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्